फ्राइडे रिलिज :चलचित्र ‘माछा माछा’ प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आजबाट नेपाली कथानक चलचित्र ‘माछा माछा’ प्रदर्शनमा भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट ने नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘माछा माछा’ बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘माछा माछा’

आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र‘माछा माछा’ प्रदर्शनमा आएको छ। चलचित्र‘माछा माछा’ लाई सुनिल गुरुङले निर्देशन गरेका हुन् ।

चलचित्रमा सौगात मल्ल सँगै विजय बराल र अनोज पाण्डेको केन्द्रिय भूमिका छ । यस्तै चलचित्रमा माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतका कलाकारको अभिनय छ ।

रामबाबु गुरुङ र दयाहाङ राईको लगानी रहेको सिनेमामा शिवराम श्रेष्ठको छायाँकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ ।

सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले सिनेमा निर्माणमा सहकार्य गरेको छ । मणिराम पोखरेलको कार्यकारी निर्माण रहेको सिनेमामा ओम चन्द रौनियार र अर्जुन कार्कीको सह-लगानी छ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘दि कर्मा’को टिजरमा करणको एक्सन र परमिता बोल्ड (भिडियो)

Read Next

सौगात मल्ल र सुष्टि श्रेष्ठको चलचित्र ‘सँगसँगै’ को शुभमुर्हत