चलचित्र ‘चालबाज’को निर्माणको घोषणा ,केकी अधिकारीसगअविनाश प्रधानले रोमान्स गर्ने

चलचित्र ‘चालबाज’को निर्माणको  घोषणा गरिएको छ । चलचित्रको घोषणासगै छायांकन भोलीबाट दार्जिलिङबाट सुरु हुनेछ । मिरिकमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।

सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा यो फिल्मको निर्माण हुन लागेको हो ।अरुण तामाङको लगानीमा बन्न लागेको यो चलचित्रलाई कैलाश राइले निर्देशन गर्दैछन् । यो चलचित्रमा नायिका केकी अधिकारी, कलाकार वुद्दि तामाङको साथमा नव–कलाकार अविनाश प्रधानको मुख्य भूमिका रहनेछ ।यी कलाकारको साथमा चलचित्रमा महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत, विपिन किरणको शब्द रहनेछ । चलचित्रका प्रोडक्शन म्यानेजर सुदिप ढकाल हुन् । चलचित्रलाई सस्पेन्स लभ स्टोरी कथामा निर्माण गर्न लागिएको निर्माणपक्षले जानकारी दिएको छ ।

Namaste Filmy

Read Previous

सौगात मल्ल र सुष्टि श्रेष्ठको चलचित्र ‘सँगसँगै’ को शुभमुर्हत

Read Next

बहुप्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’को प्रदीपको बाल्यकालको भूमिकामा अनुभव यस्तो देखिए