बहुप्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’को प्रदीपको बाल्यकालको भूमिकामा अनुभव यस्तो देखिए

यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’को अहिले मनाङमा छायांकन भईरहेको छ।केही दिनअघि अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको फिल्म युनिटले शुक्रबार बाल कलाकार अनुभव रेग्मी र योगीशा खत्रीको क्यारेक्टर पोष्टर सार्वजनिक गरेको छ।फिल्ममा अनुभवले अभिनेता प्रदीप खड्का र योगीशाले अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भुमिकामा काम गरेकी छन्।

चलचित्र ‘प्रेमगीत ३’मा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, योगीशा खत्री, कृजन गौतम लगायतका कलाकारहरुको अभिनय रहनेछ।

आशुसेन फिल्मसको व्यानरमा निर्माण भईरहेको फिल्ममा सन्तोष सेनको लगानी छ। फिल्मलाई निर्माता सेन र छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गरिरहेका छन्।

चलचित्रमा राजेश श्रेष्ठको छायांकन र हिमाल केसीको एक्सन रहेको छ ।निर्देशक गुरुङ र मन्दीप गौतमको लेखन रहेको पूर्ण प्रेमकथामा निर्माण हुने फिल्म चैत २८ गतेदेखि देशब्यापी प्रदर्शनमा आउनेछ।

Namaste Filmy

Read Previous

चलचित्र ‘चालबाज’को निर्माणको घोषणा ,केकी अधिकारीसगअविनाश प्रधानले रोमान्स गर्ने

Read Next

सन्जिब पराजुलीको गीत ‘नाइ  नाइ हुन्न हुन्न’मा कार्टुन क्रिउ (भिडियो)