सन्जिब पराजुलीको गीत ‘नाइ  नाइ हुन्न हुन्न’मा कार्टुन क्रिउ (भिडियो)

गायक सन्जिब पराजुलीको नया“ गीत ‘नाइ  नाइ हुन्न हुन्न’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।कार्टुन क्रिउको प्रस्तुतिमा तयार पारिएको भिडियो फरक कन्सेप्टमा तयार गरिएको छ । भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, सन्जिब पराजुली, सुविन चौहान, राम घले, साजन चौहान, लाक्पा डी लामा, विजय अधिकारी(बनी), पेम्बा मगर, निम्बाबु तामाङ फिचर्ड छन् ।

सार्वजनिक गीतमा गायक पराजुलीस“गै गायिका सुजता उपाध्यायको आवाज सुन्न सकिन्छ । गीतमा मानस राजको शब्द र संगीत रहेको छ भने गीतमा उदयराज पौडेलको एरेन्ज छ । यस गीतलाई एल्बम ‘उडान–२’ मा समावेश गरिएको छ ।

सरोज अधिकारीको निर्देशनमा तयार गीतको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ ।गायक सन्जिबको ‘नाइ“ मलाई थाहा छैन’, ‘कर्के नजर’, ‘तिमी मलाई मन पर्छ’, ‘हिट हिट गीत’, ‘सोचमा’लगायतका गीत रुचाइएका गीतमा पर्छन् । त्यस्तै गायिका सुजाताको ‘आए म त परेर चिटिक्कै’, ‘हात थामी’, ‘तिम्रो मौन इशारा’ रुचाइएका गीतमा पर्छन् ।

Namaste Filmy

Read Previous

बहुप्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’को प्रदीपको बाल्यकालको भूमिकामा अनुभव यस्तो देखिए

Read Next

अभिनेत्री ऋचा शर्माले विवाह गरिन