अभिनेत्री ऋचा शर्माले विवाह गरिन

अभिनेत्री ऋचा शर्माले विवाह गरेकी छिन् । शनिबार अभिनेत्री ऋचाले लविम मलका म्यानेजर दिपेक्ष विक्रम राणासँग विवाह गरेकी हुन् ।नेपाली चलचित्र क्षेत्रमा राम्रो पहिचान बनाएकी ऋचाले केही दिनअघि सामाजिक सञ्जालमार्फत विवाह गर्न लागेको जानकारी गराएकी थिइन् ।
उनले केहीबेर अघि मात्रै सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा विवाहको तस्वीर सार्वजनिक गरेकी छिन् ।

व्यक्तिगत कुरा वाहिर ल्याउन कमै रुचाउने ऋचाले तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन् ।, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरूको अथाह माया अनि आशीर्वाद सदैव यसरी नै मिलोस् ।’ तस्वीरमा दुवैजना निकै खुशी देखिन्छन् ।

 

Namaste Filmy

Read Previous

सन्जिब पराजुलीको गीत ‘नाइ  नाइ हुन्न हुन्न’मा कार्टुन क्रिउ (भिडियो)

Read Next

कुमार आचार्य निर्देशित म्युजिक भिडियो ‘लभ’मा बिकाश, श्रेया र पूजन (भिडियो )