कुमार आचार्य निर्देशित म्युजिक भिडियो ‘लभ’मा बिकाश, श्रेया र पूजन (भिडियो )

संचारकर्मी कुमार आचार्यको निर्देशन रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘एल.ओ. भी.ई लब’ को सार्वजनिक गीतमा
स्वर तथा शब्द गायक तथा संचारकर्मी सुरज पौडेलको रहेको छ भने संगीत बिकाश चौधरीको रहेको छ । आधुनिक पप फ्लेबरको यस गीतमा गोपाल रसाईलीको एरेन्ज रहेको छ ।

भिडियोमा बिकाश लामिछाने, श्रेया दुलाल र पुजन घिमिरेको अभिनय रहेकोको यस भिडियोमा रामेश्वर हुमागाईको छाँयाकन, प्रदिप श्रेष्ठ नृत्य निर्देशन, बिष्णु खड्काको सम्पादन  रहेको छ ।

पहिल्लो समय आईरहेको धेरै भिडियो मध्य यो भिडियो पनि प्राविधक रुपले निकै सबल रहेको भिडियो हेर्दा अड्कल गर्न सकिन्छ । भिडियोमा बिकाश, श्रेया र पूजनको केमेष्टि निकै राम्रो देखिएको छ । गायक पौडेलको यो छठौँ भिडियो हो यस अघि पौडेल निकै मन छुने भिडियो बजारमा ल्याइसकेका छन् । गायक पौडेलको ‘लब यु टु’ को दोस्रो एल्बमको पहिलो सार्बजनिक गित हो ।

थुप्रै भिडियो निर्देशन गरेका संचारकर्मी आचार्यले यस भिडियोलाई राम्रो बनाउन निकै मेहनत गरेको र दर्शकले पनि भिडियोलाई माया गर्ने बताएका छन् ।

Namaste Filmy

Read Previous

अभिनेत्री ऋचा शर्माले विवाह गरिन

Read Next

चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्रको बजार बिस्तार बारे अन्तरकृया कार्यक्रम गर्ने