दीपिका पादुकोण अभिनित‘छपाक’को दमदार ट्रेलर सार्वजनिक (भिडियो)

अभिनेत्री दीपिका पादुकोण अभिनित चलचित्र ‘छपाक’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर निकै दमदार र इमोसनबाट भरिपूर्ण छ।

एसिड अट्याक सर्वाइभर लक्ष्मी अग्रवालको जीवनमाथि बनेको यो फिल्ममा दीपिकाले मालती नामकी एक साधारण युवतीको भूमिकामा निर्वाह गरेकी छन् । उनलाई १५ वर्षको उमेरमा एक पुरूषले आफ्ना दुई साथीसँग मिलेर विवाह गर्न नमानेको भन्दै एसिड प्रहार गरेका थिए।

चलचित्र ‘छपाक’ मा दीपिका पादुकोणसगै विक्रान्त मेसीको पनि मुख्य भूमिका रहेको छ ।एसिड अट्याक सर्वाइभर लक्ष्मी अग्रवालको जिन्दगीमाथि आधारित भएर निर्माण यस चलचित्रलाई मेघना गुलजारले निर्देशनगरेकी हुन् । १० जनवरी २०२० मा ‘छपाक’ रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘झिँगेदाउ’मा अभिनेत्री केकी अधिकारीको यस्तो लुक्स

Read Next

पूजा र पलको प्रतिक्षीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’को गीत सार्वजनिक (भिडियो)