पूजा र पलको प्रतिक्षीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’को गीत सार्वजनिक (भिडियो)

यो वर्षको प्रतिक्षीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत सार्वजनिक गरिएको छ ।चलचित्रका मुख्य कलाकार नायिका पूजा शर्मा र नायक पल शाहलाई गीतमा फिचरिङ गरिएको छ । ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

भिडियोको छायांकन विभिन्न ५ वटा लोकेशनमा गरिएको छ । भिडियोलाई लोकेशन, कलाकारको ड्रेसअप र रामजीको कोरियोग्राफीले उत्कृष्ट बनाएको छ ।गीतको छायांकन करिब ७ दिन लगाएर नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरिएको हो ।

चलचित्रलाई सफल निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् ।सुदर्शन थापालाई लभ स्टोरी चलचित्रको बादशाह नै भन्ने गरिएको छ ।उनले आफूलाई यो विधामा अव्वल बनाएका छन् ।अझै थापाको चलचित्रमा गीतसंगीत निकै उत्कृस्ट हुने गरेका छन् ।‘मेरो एउटा साथी छ देखि प्रेमगीत हुँदै म यस्तो गीत गाउँछु’ सम्म आइपुग्दा सुदर्शनले लभ स्टोरी चलचित्र निर्मण र गीत संगीतमा आफूलाई प्रमाणित पनि गरिसकेका छन् ।

चलचित्रमा नायिका पूजा शर्मा र नायक पल शाहसगै दिनेश डीसी, हरिहर शर्मा ,गणेश गिरि लगायतको कलाकारको अभिनय रहेको छ ।शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेको यो चलचित्रमा सौरभ लामाको छायांकन रहेको छ । फागूणको २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेका हुन् ।चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् ।

Namaste Filmy

Read Previous

दीपिका पादुकोण अभिनित‘छपाक’को दमदार ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

अभिनेता गजित विष्ट रावण बने पछि …(भिडियो)