रजनीकान्तको चलचित्र ‘दरबार’को ट्रेलर रिलिज (भिडियो )

दक्षिण भारतीय तमिल चलचित्रका सुपरस्टार रजनीकान्तको अभिनय रहेको चलचित्र ‘दरबार’को ट्रेलर रिलिज भएको छ।चलचित्रको तमिल, तेलेगु, मल्यालम तथा हिन्दी भाषामा ट्रेलर रिलिज गरिएको हो ।

चलचित्रमा रजनीकान्तले २७ वर्षपछि प्रहरी भूमिका निर्वाह गरेका छन् ।ट्रेलरमा रजनीलाई मुम्बई पुलिसको कमिश्नर बनेका छन्।ट्रेलरमा उनको पात्रलाई ‘भिलेन’ स्वभावको पुलिसका रुपमा व्याख्या गरिएको छ।

चलचित्रमा रजनीकान्तसगै बलिउड अभिनेता सुनिल शेट्टी खलनायकको भूमिकामा रहेका छन् । चलचित्रमा नयनतारा, निवेथा थोमस ,योगी बाबु, थम्बी रामैया लगायतको अभिनय रहेको छ । जनवरी ९ मा रिलिज हुने यस चलचित्रलाई ‘गजनी’ फेम ए आर मुर्गादोशले निर्देशन गरेका हुन ।

Namaste Filmy

Read Previous

विकास बोर्डका अध्यक्ष केशव भट्टराई र दीपक क्षेत्रीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

Read Next

बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’को मनाङमा माइनस २६ डिग्रीको चिसोमा खिचिदै