बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’को मनाङमा माइनस २६ डिग्रीको चिसोमा खिचिदै

यो वर्षकै बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’को यति बेला मनाङको चिसोमा छायाँकन भईरहेको छ।निर्माता तथा निर्देशक सन्तोष सेनले मनाङमा जाडोको उच्च विन्दुमा चलचित्रको छायांकन भईरहेको बताएका छन् ।

‘माइनस २६ डिग्री सेल्सियससम्मको चिसोमा काम गरिरहेका छौं। कथाको मागलाई मध्येनजर राखेर विगत डेढ वर्षदेखी यही मौसमलाई प्रतिक्षा गरेका थियौ’– सेनले भने। उनले चलचित्रको ७५ प्रतिशत छायाँकन सकिएको र निरन्तर काम भएको् खण्डमा १०/१५ दिनमा चलचित्रको सम्पूर्ण छायाँकन सकिने बताए।

चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, योगीशा खत्री, कृजन गौतम लगायतका कलाकारहरुको अभिनय रहनेछ।

आशुसेन फिल्मसको व्यानरमा निर्माण भईरहेको चलचित्रमा सन्तोष सेनको लगानी छ। चलचित्रलाई निर्माता सेन र छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गरिरहेका छन्। निर्देशक गुरुङ र मन्दीप गौतमको लेखन रहेको पूर्ण प्रेमकथामा निर्माण भएको चलचित्र चैत २८ गतेदेखि देशब्यापी प्रदर्शनमा आउनेछ।

Namaste Filmy

Read Previous

रजनीकान्तको चलचित्र ‘दरबार’को ट्रेलर रिलिज (भिडियो )

Read Next

फागुन ३० मा आउने भयो दयाहाङ राई र रेखा थापाको चलचित्र ‘नीरफुल’