फागुन ३० मा आउने भयो दयाहाङ राई र रेखा थापाको चलचित्र ‘नीरफुल’

चलचित्र ‘नीरफुल’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । गत भदौ २७ रिलिज हुने भनिएको सिनेमा प्राविधिक कारण देखाउदै स्थगित भएको थियो । निर्देशक फूलमान वलले दिएको जानकारी अनुसार अब सिनेमा फागुन ३० मा रिलिज हुनेछ ।

भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथामा आधारित सिनेमामा दयाहाङ राई ,रेखा थापा, शान्ति वाइबा, बुद्दी तामाङ, पुष्कर गुरुङ, जिम्मे इकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतका कलाकारले अभिनय गरेका छन् । सिनेमामा अभिनेत्री थापाले विशेष भूमिका निर्वाह गरेको संचारकर्मीसमेत रहेका निर्देशक वलले जानकारी दिए ।

सचिन घिमिरेसँग मिलेर सिनेमाको पटकथासमेत लेखेका निर्देशक वलले धादिङ जिल्लाको रुबी भ्यालीको भूगोल र संस्कृतिलाई पनि सिनेमामा उतारेको बताए ।प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको सिनेमालाई फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको हो ।

Namaste Filmy

Read Previous

बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’को मनाङमा माइनस २६ डिग्रीको चिसोमा खिचिदै

Read Next

अजय देवगन र रोहित सेट्टीको गोलमाल -५ को स्किृप्ट फाइनल