रेखाले जीवनलाई चोखो प्रेम कहानी नभुल्नु भन्दै (भिडियो सहित )

अगामी साउन महिनामा प्रदर्शन गर्ने लागिएको चलचित्र ‘जाऊ हिड पोखरा ‘को नया गित सार्बजनिक गरिएको छ । “सँगै सँगै सहेको त्यो घाम् ,पानी नभुल्नु है तिम्रो मेरो चोखो प्रेम कहीनी नभुल्नु है “बोलको गीतमा आवाजकी धनि गायिका अन्जु पन्तको मधुर आवाजमा सजिएको छ। सो गीतमा नायिका रेखा थापाले नायक जीवन लुइटेललाई चोखो प्रेम कहानी नभुल्नु भन्दै छिन् ।jau hida pokhara1
अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेल सब्द तथा संगीतले सजिएको सो गीतले चलचित्र ‘जाऊ हिड पोखरा ‘ हेर्न साचिकै दर्शकलाई हल सम्म तान्नेमा संगीतकार अर्जुन पोखरेल ढुक्क रहनु भएको छ ।पछिल्लो समयमा अर्जुन पोखरलेको गीत संगीतले नै फिल्म चलेको अबस्थामा निर्देशक शोभित बस्नेतले भने आफ्नो चलचित्र एकदमै राम्रो बनेको र अर्जुन पोखरलेको गीत संगीतले सुनमा सुगन्दा थपेको निर्देशक शोभित बस्नेतले नमस्ते फिल्मीलाई जानकारी दिनु भयो ।

सलोन फिल्मसको ब्यानरमा सलिना बस्नेतको प्रस्तुति रहेको फिल्मको निर्माता राम गौतम हुन भने कार्यकारी निर्माता गणेश ढकाल हुन । अहिलेका हिट कलाकारहरु नायक जीवन लुइटेल र नायिका रेखा थापा मुख्य अभिनय रहेको चलचित्रमा जीवन लुइटेल र रेखा थापाका अतिरिक्त सम्राट सापकोटा, आरुष गुरुङ, जी के शर्मा को साथमा निर्देशक बस्नेतको समेत अभिनय रहेको छ । फिल्ममा राजेन्दै खडगीको द्धन्द, ध्रुव लम्सालको पटकथा तथा गणेशकुमार श्रेष्ठको छायांकन , अमित श्रेष्ठको संगीतरहेको छ । त्यस्तै फिल्ममा शंकर बिसी, शोभित बस्नेत र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।

Namaste Filmy

Read Previous

वास्तवमा मैले त्यो फोटो प्रकाशित आवेगमा आएर गरेकी थिए : शुभेच्छा थापा

Read Next

सेल्फीस बल्र्ड होइन ः स्वार्थी मान्छे हुन ।