सेल्फीस बल्र्ड होइन ः स्वार्थी मान्छे हुन ।

राजेन्द्र कार्की
सोनिका लामा शब्दहरुमा स्वर मात्र दिनु हुन्न । शब्द शब्दलाई बुँन्दै सुन्दर गीतको रचना गर्नु हुन्छ । रचनामा मिठो स्वरको पारख खोज्नु हुन्छ अनि सुरीलो स्वर दिनु हुन्छ । बहुप्रतिभाका धनी सोनीका यसै गर्नु हुन्छ । देब्रे हातको नाडीमा “ सेल्फीस वल्र्ड” अंकित ट्याटु बनाउनु भएकी सोनीको अहिले आएर संसार स्वार्थी होइन रहेछ संसारमा रहने मान्छे स्वार्थी हुँदा रहेछन भन्ने लागेको छ रे ।
10253249_482315141898529_1248772067_n (1)
यही स्वार्थी मान्छेहरुको भिडमा रहेर पौंठेजोरी खेल्दा खेल्दै दुइ दर्जन जति शब्दहरुलाई जतनका साथ गीतमा सृङ्गार गर्दै संगीत भर्नु भइसकेकी छिन भने त्यति नै संख्यामा स्वर पनि दिइ सक्नु भइसकेको छ । उहाँको शब्द अनि संगीतबद्ध कतिपय गीतहरु मलिना सोताङ्गले समेत स्वारंकन गरिसक्नु भएको छ । काभ्रको भैसेमा जन्मनु भइकी सोनिकाको एसएलसी सम्मको शिक्षा भने सिन्धुलीको सरस्वती उच्च मावीबाट गर्नु भएको हो । हजुर बुवा सोम बहादुर तामाङगबाट प्रेरित भएर सानै देखि मादल, डम्फु बजाउन सिक्नु भएकी उहाँ भने शौकको लागि मात्र गाउन थाल्नु भएको बताउनु हुन्छ ।
10357910_482315341898509_423189813_n
ब्यावसायीकरुपमा गीत संगीतको क्षेत्रमा लाग्न धेरै नै पापड बेल्ने पर्दछ भन्ने अनुभव सुनाउने उहाँले भने तिन वटा गीती एलबम स्रोता सामुु ल्याइसक्नु भएको छ । आधुनिक लोक दोहरी एल्बमहरु बेसहारा, कस्तो यो जवानी र हाल सालै मात्रै “सोनिको जवानी” स्रोता माझ बजारमा ल्याइसक्नु भएको छ ।

उहाँद्धारा लिखित बसन्तको अठोट र चमेलीको कथा नाटक कयौं पटक सडक नाटको माध्यमबाट मन्चन भइसकेको छ । यस्ती बहुप्रतिभाकी धनी सोनिकाको यूट्बमा उपलब्ध दृष्याकंन समेत गरिएको “ जवानीमा लाली चड्यो ..” धेरै स्रोता तथा दर्शकहरुले अवलोकन गरिसक्नु भएको छ । सानीका लामा ट्याइप गरेर जो कसैले पनि यो गीत हेर्न र सुन्न सक्नु हुन्छ । उहाँको मनै छुने लोकप्रिय शब्द स्वर रहेको गीत छ“ मैले जितेसँगै हुन्थेँ, हार्नाले एक्लै भएँ…….। बधाइ तथा शुभकामना छ यस्ती बहुप्रतिभाकी धनी सोनीका लामा ज्यूलाई ।

Namaste Filmy

Read Previous

रेखाले जीवनलाई चोखो प्रेम कहानी नभुल्नु भन्दै (भिडियो सहित )

Read Next

चलचित्र हल संचालकहरुको छाता संगठन चलचित्र संघमा नकिम उद्धिन निर्विरोध