गोपीकृष्ण मुभिजले चलचित्र ‘माइकल अधिकारी’ निर्माणको घोषणा

लामो समय देखि चलचित्र निर्माण गरि रहेको गोपीकृष्ण मुभिजले नया चलचित्र निर्माण गर्ने भएको छ ।गोपीकृष्ण मुभिजले चलचित्र ‘माइकल अधिकारी’ निर्माणको घोषणा गरेको छ ।चलचित्र निर्माणको घोषणासँगै सांकेतिक पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा गर्भवती महिलाको पेट देखाइएको छ ।

कोखलाई भाडामा लगाएर बच्चा जन्माउने बिषय बस्तुमामा चलचित्र ‘माइकल अधिकारी’ निर्माण गर्न लागिएको हो ।कोखलाई भाडामा लगाएर बच्चा जन्माउने पद्दतिलाई ‘सेरोगेसी’ भनिन्छ । यस बिषयमा यसभन्दा अगाडी सिनेमा ‘कारखाना’ पनि निर्माण भैसकेको छ ।

चलचित्र ‘माइकल अधिकारी’ मा लेखन तथा निर्देशन रञ्‍जित रौनियारको रहने छ ।चलचित्रलाई निरक पौडेलले निर्माण गर्नेछन् । उद्दव पौडेलको प्रस्तुति रहने चलचित्रमा मा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा देखा पर्दै छन् भने अन्य कलाकारको टुङ्गो लागेको छैैन ।

Namaste Filmy

Read Previous

सलमान खानको ‘दबंग ३’को पहिलो दिन २४.५० करोडको व्यापार

Read Next

दार्जिलिङमा निर्माण भएको चलचित्र ‘जिउँदो’को ट्रेलर सार्वजनिक (भिडियो सहित)