सलमान खानको ‘दबंग ३’ले तीन दिनमा कमायो ८१ करोड

सलमान खान स्टारर ‘दबंग ३’ले तीन दिनमा ८१.१५ करोड कमाएको छ। रिलिजको तेश्रो दिन आइतबार चलचित्रले ३१.९० करोड  कमाइ गरेपछि ‘दबंग ३’को कमाइ८१.१५ करोड पुगेको हो।

रिलिजपछि समीक्षकबाट चर्को आलोचना र दर्शकबाट मिश्रित प्रतिक्रिया बटुलेको सिनेमाले रिलिजको पहिलो दिन २४.५० करोड कमाइ कमाइ गरेको थियो भने दोश्रो दिन २४.७५ करोड कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्।बुधबार पर्ने क्रिसमस बिदाको फाइदा सिनेमाले लिने आशाका कारण यो अनुमान गरिएको थियो।

रिलिजपछि सिनेमा अनावश्यक लामो भएको गुनासो भएपछि निर्माणपक्षले सिनेमाको लम्बाई ९ मिनेटले छोट्याएको छ। सिनेमामा सलमानका अलावा सोनाक्षी सिन्हा, किच्चा सुदिप, साईं माजेंकर, अरबाज खान आदिको मुख्य भूमिका छ।

बक्स अफिस अफ इण्डियाको रिपोर्टअनुसार भारतमा नागरिकता कानुनको विरोधमा भइरहेको प्रदर्शनले फिल्मको व्यापार नराम्ररी प्रभावित भएको छ । जारी विरोध प्रदर्शनका कारण सलमानको फिल्म हाउसफुल हुने हलहरुमा दर्शक जानै सकेका छैनन्, कतिपय हलमा फिल्मको स्क्रिनिङ नै हुन सकेको छैन ।विरोध प्रदर्शन भइरहेका राज्यमा धारा १४४ लागू गरिएको छ । यसका कारण फिल्मको कमाइमा १५ देखि २० प्रतिशत नोक्सानी भएको छ ।

Namaste Filmy

Read Previous

नेपाली गीत ” मर्छु कि क्या हो ” मा भारतीय निर्देशक (भिडियो)

Read Next

कमेडी कलाकारको जीवनमा आउने उतारचढावको कथामा फिल्म ‘सेल्फी किङ्ग’