३२ दिनमा सकियो चलचित्र ‘चपली हाइट ३’को छायांकन

चलचित्र ‘चपली हाइट ३’को छायांकन सकिएको छ।३२ दिनमा काठमाडौं र आसपासमा चलचित्रको छायांकन गरिएको थियो । चलचित्र ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

सस्पेन्स थ्रिलर जनरामा निर्माण गरिएको ‘चपली हाइट ३’ लाई अर्जुन कुमारको निर्माण गरेका हुन् । निकेश खड्काको निर्देशन रहेको चलचित्र ‘चपली हाइट–३’चैत २८ गते बाट प्रदर्शनमा आउदैछ ।

निर्माता अर्जुन कुमारले निर्देशक, कलाकार तथा सम्पूर्ण प्राविधिक लगायत टिमको साथले चलचित्रको छायाँकन समयमै सकिएको जानकारी दिए। उनले चलचित्रमा जोडिएका सबैलाई धन्यवाद समेत दिएका छन् ।

Namaste Filmy

Read Previous

कमेडी कलाकारको जीवनमा आउने उतारचढावको कथामा फिल्म ‘सेल्फी किङ्ग’

Read Next

दीपिकाको फिल्म ‘छपाक’विवादमा ,कथा चोरीको आरोपमा लेखक हाइकोर्टमा