चलचित्र हल संचालकहरुको छाता संगठन चलचित्र संघमा नकिम उद्धिन निर्विरोध

राजेन्द्र कार्की
नेपाल चलचित्र संघको ४२ औ वार्षिक साधारण सभा ललितपुरको मोक्ष क्याफेमा सम्पन्न भएको छ । नेपाल सरकारका मुख्य सचिब लीलामणी पौड्यालको प्रमुख अातिथ्यता तथा अध्यक्ष राजकुमार पोख्रेलको अध्यक्षतामा सम्पन्न चलचित्र संघको साधारण सभाले आउँदो तिन बर्षे कार्यकालका लागि नयाँ कार्य समिति चयन गरेको छ ।
10322847_693620277365086_6267936404050530708_n
अध्यक्ष नकिम उद्धिन सहित समितिका १४ सदस्यलाई सभाले निर्विरोध चयन गरेको छ भने समितिका उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष भने आउने बैठकबाट निर्णय गर्ने सहमती भएको छ । निर्विरोध चयन हुने सदस्यहरुमा ललित सिनेमा हलका देबेन्द्र खड्गी, डिजिटल सिनेमा नेपालका अशोक शर्मा, गणेश चलचित्र मन्दिर घोराहीका अर्जन श्रेष्ठ, गोपीकृष्ण मूभिजका निरज पौडेल, सिद्धार्थ सिनेमा हलका मधुसदन प्रधान, उत्तर शिला चलचित्र हल दमौलीका गोबिन्द श्रेष्ठ, कल्पना सिनेमा घर पोखराका नारायण प्रसाद आचार्य, पृथ्वी सिनेमा हलका विरेन्द्र नारायण श्रेष्ठ, कृष्ण चित्र मन्दिर बिर्तामोडका मिजास पोख्रेल, प्रर्दशन सभापतिमा अष्ठ नारायण पिक्चर्स काठमाण्डौंका त्रिरत्न मानन्धर रहेका छन् ।
10277429_693620187365095_7008213929651053980_n
प्रर्दशन उपसभापतिमा शैलेन्द्र कुमार कर्माचार्य, वितरण समिति सभापति विंध्येश्वरी सिनेमा आर्टस पोखराका हरि बराल , उपत्यका सभापतिमा बिके फिल्मस्का गोपाल कायस्थ र पश्चिमाञ्चल सभापतिमा म्याग्दी चलचित्र मन्दिरका अनोद श्रेष्ठ निर्विरोध चयन भएका छन् । कार्यक्रममा बोल्दै ६ वर्षको दुइ कार्यकाल सम्हाल्नु भएको निवर्तमान अध्यक्ष पोख्रेलले आफ्नो कार्यकालमा चलचित्र संघलाई आशामुखी भन्दा पनि ब्यावसायीक बनाउन प्रयास गरेको र आउँदा दिनहरुमा नयाँ कार्यसमितिले जिम्मेवार भई पुर्ण रुपमा ब्यावसायीक बनाउन तर्फ लाग्न शुभकामना समेत ब्यक्त गर्नु भएको छ ।
1231285_720195878033388_48526635988971108_n

Namaste Filmy

Read Previous

सेल्फीस बल्र्ड होइन ः स्वार्थी मान्छे हुन ।

Read Next

गोविन्द राई निर्देशित चलचित्र"नागबेली" को शीर्ष गीत सार्वजनिक (भिडियो सहित )