दीपिकाको फिल्म ‘छपाक’विवादमा ,कथा चोरीको आरोपमा लेखक हाइकोर्टमा

दीपिका पादुकोणको फिल्म छपाक रिलिज हुनुभन्दा २ हप्ता अगाडि विवादमा आएको छ । राकेश भारती नामका लेखकले फिल्मको कथा आफ्नो भएको र त्यो कथा चोरी गरेर फिल्म बनाइएको आरोप लगाउँदै बाम्बे हाइकोर्टमा उजुरी दिएका छन् । राकेशले एसिड आक्रमणमा परेकी पीडितको यो कथा आफूले लेखेको दावी गरेका हुन् । उनले फिल्ममा आफूलाई लेखकको रुपमा क्रेडिट दिइनुपर्ने माग गरेका छन् ।

भारतीले उजुरीमा दावी गरे अनुसार सुरुमा उनलाई ‘ब्ल्याक डे’ नामबाट फिल्म बनाउने विचार आएको थियो । फेब्रुअरी २०१५ मा उनले इण्डियन मोशन पिक्चर्स प्रोड्युसर्स एसोसिएसनमा यसलाई दर्ता गराएका थिए । त्यतिबेलादेखि उनी स्क्रिप्टमा काम गरिरहेका छन् र यसको लागि कैयौं कलाकार, फक्स स्टार स्टुडियोसहित कैयौं प्रोड्युसरसँग समेत कुरा गरिसकेका छन् । केही कारणवश फिल्मको निर्माण सुरु हुन सकेको थिएन । उनले फक्स स्टार स्टुडियोलाई पनि यो कथा बताएका थिए जुन कथामा फिल्म ‘छपाक’ बनेको छ ।

भारतीका वकिल अशोक सरोगीका अनुसार भारतीले फक्स स्टार स्टुडियोले मेघना गुलजारको निर्देशनमा आफ्नो कथामा फिल्म बनाउन लागेको थाहा पाएपछि उनले निर्माण कम्पनीसँग यस विषयमा कुरा गरेका थिए । स्टुडियोले कुनै जवाफ नदिएपछि उनी अदालत जानु परेको हो । अदालतमा यस विषयमा २७ डिसेम्बरमा सुनुवाइ हुनेछ । फिल्म १० जनवरी २०२० मा रिलिज हुँदैछ ।

Namaste Filmy

Read Previous

३२ दिनमा सकियो चलचित्र ‘चपली हाइट ३’को छायांकन

Read Next

अभिनेत्री विनिता बराल बनिन् आमा