अभिनेत्री विनिता बराल बनिन् आमा

हाल अमेरिकामा रहेकी अभिनेत्री विनिता बराल आमा बनेकी छिन्। विनिताले बुधवार सामाजिक सन्जाल फेसबुकमा एउटा पोष्ट राख्दै आफु आमा बनेको जाकारी दिएकी हुन् । उनले मंगलबार छोरीलाई जन्म दिएकी हुन्।

क्रिसमस डेको अघिल्लो दिन आमा बनेकी विनिताले छोरीसंगको तस्वीर फेसबुकमा राख्दै यसलाई ‘सबैभन्दा राम्रो क्रिसमस उपहार’ भन्दै खुसी व्यक्त गरेकी छन्। उनले छोरीको नाम ‘काया’ राखिएको समेत खुलाएकी छिन्।

‘चपली हाइट’ मा बोल्ड सिन दिएपछि चर्चामा आएकी विनिता केही बर्ष अगाडि अध्ययनका लागि भन्दै अमेरिका पुगेकी थिईन् । त्यही उनको र तिलक पौडेलबीच प्रेम सम्बन्ध रहेको थियो। तीन वर्षको प्रेम सम्बन्धलाई उनीहरुले केही महिना अगाडी विवाहमा परिणत गरेका थिए।

Namaste Filmy

Read Previous

दीपिकाको फिल्म ‘छपाक’विवादमा ,कथा चोरीको आरोपमा लेखक हाइकोर्टमा

Read Next

अर्को वर्षको दसैंमा दीपक दीपाको ‘छक्का पञ्जा ४’