अर्को वर्षको दसैंमा दीपक दीपाको ‘छक्का पञ्जा ४’

सुपरहिट फिल्म ‘छक्का पञ्जा’ को चौथो श्रृंखला बन्ने पक्का भएको छ । छक्का पञ्जा टिमलेले लगातर तीन श्रृंखला हिट भएपछी यस पटक ‘छ माया छपक्कै’ लिएर दर्शकमाझ आएका थिए ।

अर्को बर्षको दसैंमा प्रदर्शन गर्ने गरी निर्माण युनिटले ‘छक्का पञ्जा ४’ निर्माण घोषणा भएको छ । तीन सिरिजकी हिट निर्देशक दीपाश्री निरौलाले निर्देशन गर्नेगरी ‘छक्का पञ्जा ४’ बन्ने भएको हो ।

निर्माता दीपकराज गिरीले रिच इन्टरटेन्मेन्ट र जि.जि.ए ग्रुपलाई काठमाडौंभित्र र एफडी कम्पनीलाई मोफसलमा फिल्म वितरण गर्ने अधिकार दिएका छन् । शुक्रबार वितरक कम्पनीसँग उनको कागजी सम्झौता भएको हो ।

अहिले फिल्मको कथामा काम भैरहेको निर्माता गिरीले जानकारी दिए । फिल्ममा उनीसँगै जितु नेपाल र केदार घिमिरेको प्रमुख भूमिका रहनेछ । फिल्मका लागि अभिनेत्री भने छनोट गरिएको छैन ।

यो सँगै ‘छक्का पञ्जा ४’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको चलचित्रसँग भिड्ने भएको छ । यस्तै अर्को बर्षको दसैंकै छेको पारेर अशोक शर्माको ‘अल्लारे २’, ‘ए मेरो हजुर ४’ र ‘आइ एम ट्वान्टिवान’ पनि प्रदर्शनमा आउने चर्चा छ ।

Namaste Filmy

Read Previous

अभिनेत्री विनिता बराल बनिन् आमा

Read Next

‘लभ डायरिज’ मा ट्वीन्स गर्लसँग छम छम नाच्दै सुशिल, कमलासँग दोहोरी (भिडियो सहित)