

नारायणी कला मन्दिर चितवनको अध्यक्षमा उद्धव जोशी निर्वाचित भएका छन् । संस्थाको सोमबार सम्पन्न ४४ औं साधारण सभा तथा अधिवेशनबाट जोशीको अध्यक्षतामा निर्वाचित भएका हुन् ।

जोशीले आफ्ना निकटम प्रतिद्धन्द्धी दीपक शाही ठकुरीलाई ६८ मत अन्तरले पराजित गरे ।जोशीले ९४ मत प्राप्त गर्दा ठकुरीले २६ मत मात्र पाए । निर्वाचनमा १ सय २२ जनाले मतदान गरेका थिए । एक मत बदर भएको थियो ।
यस्तै कार्यसमिती सदस्यहरुमा ११ सुविर श्रेष्ठ, रविन्द्र रेग्मी, अनुकुल श्रेष्ठ ‘प्रणव ’, हर्षमान श्रेष्ठ , प्रविण श्रेष्ठ , हरिराज भण्डारी, सुस्मिता श्रेष्ठ ‘सुमन ’ , शालिकराम सापकोटा, रामशरण शिलवाल , सनदकुमार पिया र सुशिल गोपाल न्याछ्यो चयन भएका छन् । सदस्यहरुबाट पदाधीकारी चयन हुनेछन् ।
