नालापानी युनिटद्वारा चितवनमा निर्माणाधिन बलभद्र कुँवरको शालिक अवलोकन

चितवनको आँपटारीमा निर्माणाधिन सहिद बलभद्र कुँवरको शालिकको चलचित्र ‘नालापानी’ युनिटले अवलोकन गरेको छ । चलचित्र ‘नालापानी’ युनिटले आज (बुधबार) कुँवर समाज चितवनले निर्माण गरिरहेको शालिकको अवलोकन गरेको हो ।

चलचित्रका निर्देशक रिमेश अधिकारी, नायिका पूजाना प्रधान र सम्पादक बिपिन मल्लले निर्माणाधिन सहिद बलभद्र कुँवरको शालिकको अवलोकन गरेका हुन् । निर्देशक अधिकारीले चलचित्रको बिशेष शो को लागि चितवन आउँदा सहिद बलभद्र कुँवरको शालिक निर्माण भईरहेको खबर पाएपछी अवलोकन गर्न गएको बताए ।

अधिकारीले चलचित्रको कथा पनि सहिद बलभद्र कुँवर माथि नै रहेको बताए । उनले कुँवर समाज चितवनले कुँवरको शालिक निर्माण गरेकोमा खुशी लागेको बताए ।समाजका अध्यक्ष चक्र बहादुर कुँवरले माघ महिना भित्र शालिक निर्माण गरिसक्ने बताए ।

करिब २० लाखको लागतमा निर्माण भईरहेको उक्त शालिक ६ फिट अग्लो हुने उनले जानकारी दिए । शालिकको माघ महिना भित्र अनवरण गरिने कुँवरले बताए । शालिक निर्माणका लागि समाजका सदस्यहरुबाट आर्थिक संकलन गरिएको उनले बताए । यस्तै बिदेशबाट दाताहरुले पनि सहयोग गरेको उनले बताए । आँपटारीमामा स्थित जलदेवी सामुदायिक बन भित्र शालिक निर्माण भईरहेको छ ।

Namaste Filmy

Read Previous

२०१९ मा सर्वाधिक कमाई गर्ने हिन्दी फिल्म

Read Next

विराज भट्ट र निकिता चाण्डक अभिनित चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक (भिडियो)