विराज भट्ट र निकिता चाण्डक अभिनित चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक (भिडियो)

एक्सन नायक विराज भट्ट अभिनित चलचित्र ‘साङ्लो’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।शुक्रबार राजधानीमा एक कार्यक्रमको बिच सार्वजनिक चलचित्रको ट्रेलरमा कमेडी, रोमान्स, प्रेम र एक्सन देख्न सकिन्छ। विराज पूर्णत आफु लोकप्रिय एक्सन अवतार मै प्रस्तुत भएका छन् ।

विराज भट्टले चलचित्र ‘साङ्लो’मार्फत चलचित्र निर्देशनमा पनि डेब्यु गरेका छन् ।चलचित्रमा विराज भट्ट र निकिता चाण्डकसगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

माघ २४ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रलाई भट्टले निर्देशन सगै निर्माण पनि गरेका हुन् ।चलचित्रको सार्वजनिक गीत ‘चरीले काफल टिप्यो’लाई दर्शकले रुचाएका छन् । झन्डै चार वर्ष अगाडी रिलिज भएको ‘जय परशुराम’ पश्चात विराज नेपाली पर्दामा देखिएका थिएनन् ।

चलचित्रमा शिवम अधिकारीको लेखन, सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी ररहेको छ ।

Namaste Filmy

Read Previous

नालापानी युनिटद्वारा चितवनमा निर्माणाधिन बलभद्र कुँवरको शालिक अवलोकन

Read Next

अनुप बिक्रम शाहीको चलचित्र ‘कमाण्डर’को ट्रेलर सार्वजनीक (भिडियो)