अनुप बिक्रम शाहीको चलचित्र ‘कमाण्डर’को ट्रेलर सार्वजनीक (भिडियो)

चलचित्र ‘कमाण्डर’को ट्रेलर सार्वजनीक गरिएको छ ।चलचित्रको ट्रेलरमा अनुपबिक्रम शाही प्रहरी अधिकृत र रबिन तामाङ तस्करको भूमिकामा प्रस्तुत भएका छन् । ‘कमाण्डर’ भ्रष्टाचार,तस्करी,लागूऔषध कारोबार,चेलीबेटी बेचबिखनलगायतका समसामयिक बिषयमा केन्द्रित रहेको निर्देशक एलआर जानकारी दिनु भयो ।

एलआर विबेक सापकोटाको निर्देशनमा बनेको चलचित्र ‘कमाण्डर’को ट्रेलर सगै प्रदर्शन मिति पनि तय गरिएको हो सार्वजनीक गरिएको छ । चलचित्र माघ १० गते बाट प्रदर्शन आउने भएको छ ।

चलचित्रमा अनुपबिक्रम र रबिनका साथमा ध्रुव कोइराला,श्रीराम पुडासैनी, प्रेम शर्मा,साधना सिलवाल,दिनेश केसी, कालु राना, तेजा ऐर तथा नवनायिका सगुन थापा मुख्य भूमिकामा रहेका छन् ।

सुपेरियर फिल्मस्को ब्यानरमा निर्देशक एलआरकै लेखन र निर्माण रहेको यस चलचित्रमा सावन जंग राना सह निर्मातामा रहेका छन् ।दिब्य सुवेदीले खिचेको चलचित्रमा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत रहेको छ ।

Namaste Filmy

Read Previous

विराज भट्ट र निकिता चाण्डक अभिनित चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

विपिन र नम्रता ‘कामना अवार्ड’ मा उत्कृष्ट