अञ्जु पन्त र गगनको ‘ठेकी भित्र मदानी ’ मा केकी र बिजुको रोमान्स ( भिडियो )

चर्चित गायिका अञ्जु पन्तको स्वर समावेश गरिएको ‘ठेकी भित्र मदानी’को बोलको गीतको भिडियो रिलिज गरिएको छ । अञ्जुलाई तिम्रो मनको माझमा, प्रेमको भिखारी र शकां नगर जस्ता सुपरहिट गीतका गायक गगन सरगमले साथ दिएका छन् । ‘म त मर्छु क्यारे’ जस्तो कालजयी गीतका श्रष्ठा निम संगीतले सार्वजनिक गीतमा गाउँघरको लोक शैलीमा अत्यन्त मीठो संगीत र एरेन्ज गरेका छन ।

ठेकी, भकारी, बुईकल, मदानी जस्ता ठेट नेपाली शब्दहरुलाई समेटी सन्चारकर्मी, गायक तथा रचनाकार कपिल कस्पालको शब्द रचना रहेको गीतमा केकी अधिकारीले मोडल विजु पार्कीसँग ठुम्का लगाएकी छन् ।

सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका हुन् । सुरेश बसेलको कोरियोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ । सार्वजनिक गीतलाई म्युजिक नेपालको च्यानलमा हेर्न सकिन्छ ।

Namaste Filmy

Read Previous

विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

पल र पूजाको ‘म यस्तो गीत गाउँछु २’को‘दुःखको काँडा’गीत सार्वजनिक(भिडियो )