चलचित्र ‘इन्काउन्टर’ को आइटम गीत ‘बारुली बारुली’ सार्वजनिक (भिडियो)

चलचित्र ‘इन्काउन्टर’ को आइटम गीत सार्वजनिक गरिएको छ । ‘बारुली बारुली’ बोलको सार्वजनिक आइटम गीतगायिका मीना निरौलाले स्वर दिएकी छन् ।गीतमा नारायण नेपालको शब्द ,सुर्य कमल राईको संगीतमा रहेको छ भने सिमान राजबंशीले कोरियोग्राफी गरेका हुन् ।

चलचित्रमा ‘इन्काउन्टर’ सबिन श्रेष्ठ, छुल्ठिम गुरुङ,दिनेश डिसी, फुर्बा दोर्जे तामाङ, दिनेशजंग खड्का,साबित्रा तामाङ, दिपक क्षेत्री, शुशिल पोखरेल,सुबास गजुरेल लगायतको अभिनय रहेको छ ।

चलचित्र ‘ इन्काउन्टर’को लेखन तथा निर्देशन नरेन्द्र भट्टराईले गरेका हुन् । देशको समसामयिक तथा गम्भिर बिषयबस्तु माथी निरमं गरिएको चलचित्र ‘इन्काउन्टर’ चैत्र १४ गते बाट प्रदर्शनमा आउदैछ ।

युजेश फिल्मस्को प्रस्तुती रहेको चलचित्रलाई कुमार ओझा,दिनेश खड्का र कबिभक्त क्षेत्रीको निर्माण गरेका हुन् । दिलिप राजबंशी , देव राई र धन्नाजय भट्टराई चलचित्रका सह निर्माता रहेका छन् । चलचित्रको पटकथा सुन्दर लाबती तथा पत्रकार कृष्ण भट्टराईको सम्बाद रहेको छ ।चलचित्रमा सुमन तन्डुकारले छायाङ्कन रहेको छ भने तारा प्रकाश लिम्बुको संगीत रहेको छ ।

Namaste Filmy

Read Previous

पल र पूजाको ‘म यस्तो गीत गाउँछु २’को‘दुःखको काँडा’गीत सार्वजनिक(भिडियो )

Read Next

चलचित्र ’पर्खि बसें २’ निर्माण हुने , सौरभ चौधरीले निर्देशन गर्ने