सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा ‘कसो कसो माया बस्यो’ को भिडियो सार्वजनिक

सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा निर्माण भएको नयाँ म्युजिक भिडियो रिलिज गरिएको छ । ‘कसो कसो माया बस्यो’ बोलको गीतमा प्रल्हाद तिमिल्सैना र शान्ता खत्री कार्कीको स्वर छ । गीतकार शान्तकाको शब्द रचना रहेको गीतमा रिमेश कुमारको संगीत रहेको छ ।

बिशाल निरौलाको एरेञ्ज रहेको सोमबार सार्वजनिक म्युजिक भिडियोलाई रबी कोइरालाले छायाँकन गरेका हुन् । भिडियोमा सोनाल तामाङ, फरिता खड्का र कबिता रायलाई फिचर्ड गरिएको छ । डान्सिङ बिटमा तयार पारिएको गीतमा हरिश खनालको कोरियोग्राफी र बिष्णु खड्काले सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन निर्माण हुने

Read Next

चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा शिव पुन निर्वाचित