चर्चामा तेजेश रेग्मी र विष्णु माझीको ‘पानपाते ओठ’ (भिडियो)

गायक तेजेश रेग्मीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। गीत सार्वजनिक भए असगे दर्शक तथा स्रोताले गीतलाई निकै मन पराएका छन् ।’पानपाते ओठ’ बोलको सार्वजनिक गीतमा तेजेश रेग्मीसगै चर्चित गायिका विष्णु माझीको स्वर रहेको छ ।

निकै सुन्दर तरिकाले निर्मण गरिएको गीतको भिडियोमा मरिष्का पोखरेल, रक्षा श्रेष्ठ, नरेश खड्का र कविर खड्काको अभिनय रहेको छ। गीतकार नवराज पन्तको शब्द रचना रहेको गीतमा तेजेश रेग्मीकै संगीत रहेको गीतको योगेश काजीको संगीत संयोजन रहेक छ।

म्युजिक भिडियोलाई अहिलेका चर्चित निर्देशक शिव विकले निर्देशन गरेका हुन्।भिडियोलाई रोचक कौशलले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा शिव पुन निर्वाचित

Read Next

लोकप्रिय गायक शिव परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित