सुशील श्रेष्ठ र रुबिना थापा अभिनित ‘लभ डायरिज’को टिजर सार्वजनिक (भिडियो)

फागुन २ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ डायरिज’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा मुख्य कलाकार सुशील श्रेष्ठ र रुबिना थापालाई मात्र स्थान दिइएको छ । दुई बीचको प्रेम, रोमान्स र विछोडका दृश्य टिजरमा अटाएका छन् ।

युवायुवती बीचको माया प्रेम र कमेडी धारमा चलचित्र निर्माण भएको ‘लभ डायरिज’लाई सौरभ चौधरीले निर्देशन गरेका हुन् ।चलचित्रमा सुशिल सगै नव–नायिका रुविना थापा ,विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतको अभिनय रहेको छ ।

‘लभ डायरीज’को छायाँकनमा संजय लामा, कोरियोग्राफीमा कविराज गहतराज र चार गीत समावेश संगीतमा अर्जुन पोखरेल रहेका छन् ।चलचित्रमा साहिल खान एसोसियट निर्देशकको रुपमा छन् । साहिल र मिलन श्रेष्ठले चलचित्रमा सम्पादनको जिम्मा सम्हालेका छन् । विनोद सापकोटा निर्माता रहेको चलचित्रमा सरोज तुलाधरको सह-निर्माण छ ।चलचित्रका दुई गीत सार्वजनिक भैसकेका छन् । जसलाई दर्शक तथा श्रोताले रुचाएका छन् ।

Namaste Filmy

Read Previous

लोकप्रिय गायक शिव परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित

Read Next

चलचित्र ‘लक्का जवान’को शीर्ष गीतमा दिलिप–प्रियंकादेखि सलोन–वर्षासम्म (भिडियो)