सौगात मल्ल र सृष्टि श्रेष्ठको चलचित्र ‘माइकल अधिकारी’को छायांकन सुरु

माघे संक्रान्तिको अवसर पारी चलचित्र ‘माइकल अधिकारी’को झापाको बिर्तामोडमा चलचित्रको छायँकन शुरु गरिएको हो ।छायाँकन आरम्भ गर्नुअघि पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको बारेमा औपचारिक जानकारी दिइएको थियो ।

भाडाको कोख अर्थात सरोगेशीको कथामा निर्माण हुने चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहने छ । सौगात र सृष्टीसँगै चलचित्रमा अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्स सहित झापाको चर्चित नाट्य समुह परिवर्तन थियटरका कलाकारको अभिनय रहने छ ।

 

गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण हुने चलचित्रलाई रञ्जित रौनियारले निर्देशन गर्नेछन् । उद्धव पौडेल प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता निरक पौडेल हुन् । चलचित्रमा राजु बिक्रम थापाको छायाँकन, निर्देशक रञ्जितकै कथा, शैलेश कंडेल क्षेत्रीको पटकथा र सम्बाद, शम्भूजित बासकोटा र निलेश सिंहको संगीत र कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार चलचित्रको सम्पूर्ण छायाँकन बिर्तामोड र इलाममा गरिने छ । निर्माण टिमले ३५ दिनको छायाँकन सेड्युल तयार पारेको छ । चलचित्र कमेडी जनरामा बन्नेछ । बिर्तामोड आसपासको प्राकृतिक सुन्दरताले आफ्नो चलचित्रका लागि उपयुक्त हुने भएकोले नै यहाँ छायाँकन गर्न लागिएको निर्माता पौडेलले जनाएका छन् । यस्तै कलाकार सौगात मल्ले आफुलाई अहिले सम्मकै भिन्न अवतारमा चलचित्रमा देख्न पाइने जनाए । अहिले सम्म गरेका भन्दा नितान्त फरक भुमिका भएको भन्दै उनले चलचित्रको स्कृप्टले आफुलाई निकै तानेको बताएका छन् । यस्तै कलाकार श्रृष्टी श्रेष्ठले यो चलचित्रबाट आफुले काम देखाउने अवसर पाएको बताइन । आफ्नो भुमिकालाई लिएर उत्साहित श्रृष्टी क्यारेक्टरलाई न्याय त्यत्तिकै चुनौति भएपनि अन्याय नगर्ने बताउँछिन ।

कार्यक्रममा बरिष्ठ पत्रकार प्रकाश सुबेदी, चलचित्र संघका पूर्व अध्यक्ष राजकुमार पोखरेल, निर्माता राजेश घतानी, चलचित्रकर्मी मिजास पोखरेललगायतले चलचित्रको सफलताको शुभकामना दिएका थिए । सो अवसरमा ‘माइकल अधिकारी’को शुभारम्भको केक समेत काटिएको थियो ।

Namaste Filmy

Read Previous

चलचित्र ‘लक्का जवान’को शीर्ष गीतमा दिलिप–प्रियंकादेखि सलोन–वर्षासम्म (भिडियो)

Read Next

‘सेल्फी किङ’को सेल्फी फोटो कन्टेस्ट , बिजेतालाई अभिनय तालिम