सुशील श्रेष्ठ र रुबिना थापा अभिनित चलचित्र ‘लभ डायरिज’ को ट्रेलर रिलिज (भिडियो)

सोमबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘लभ डायरिज’ को ट्रेलर रिलिज गरिएको छ । युवायुवती बीचको माया प्रेम र कमेडी धारमा चलचित्र निर्माण भएको ‘लभ डायरिज’लाई सौरभ चौधरीले निर्देशन गरेका हुन् ।

चलचित्रमा सुशिल श्रेष्ठसगै नव–नायिका रुविना थापा ,विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतको अभिनय रहेको छ । ‘लभ डायरिज’ बाट रुविना थापाले अभिनयमा डेब्यू गर्दैछिन् ।

फागुन २ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ डायरिज’लाई विनोद सापकोटा निर्माण गरेका हुन् भने सरोज तुलाधरको सह-निर्माता रहेका छन् ।

‘लभ डायरीज’को छायाँकनमा संजय लामा, कोरियोग्राफीमा कविराज गहतराज र चार गीत समावेश संगीतमा अर्जुन पोखरेल रहेका छन् ।चलचित्रमा साहिल खान एसोसियट निर्देशकको रुपमा छन् । साहिल र मिलन श्रेष्ठले चलचित्रलाई सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

बलिउड अभिनेत्री शबना अख्तर र जाबेद अख्तर कार दुर्घटनामा

Read Next

चलचित्र ‘कमाण्डर’ ‘समसामयिक राजनीति, भ्रष्टाचार र तस्करी बिरुद्ध :निर्देशक सापकोटा