'मेरो विवाहको तयारी पूरा भइसकेको छ:महानायक राजेश हमाल

नेपाली सिनेजगतका महानायक राजेश हमालले आफ्नो बिहेको सबै तयारी भइसकेको बताएका छन्। रोल्पाको सदरमुकाम लिवाङ आएका महानायक हमालले शनिबार पत्रकारसँग विवाहका विषयमा खुलस्त पार्दै सबै तयारी पूरा भइसकेको बताएका हुन्।
983675_1487780354770150_1713272861685542054_n‘मेरो विवाहको तयारी पूरा भइसकेको छ। रोल्पाबाट फर्केर अझ केही चाँजोपाजो मिलाउनु छ’, महानायक हमालले पत्रकारको जिज्ञासामा भने, ‘पहिले वर्ष, महिना बाँकी भन्थेँ। अब केही दिनमै मेरो विवाह हुँदैछ।’ पत्रकारले ‘महानायक हमाललाई अन्तर्वार्ताको अन्तमा सधैं सोधिने प्रश्न आज पहिले नै सोध्छौं’ भन्नेबित्तिकै हमालले हाँस्दै भने, ‘त्यो प्रश्नको अब छिटै अन्त हुँदैछ।’सौभाग्य कला केन्द्रले लिवाङमा आयोजना गरेको बालकल्याण उच्च माध्यमिक विद्यायलको सहयोगार्थ आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी हुन महानायक हमाल रोल्पा आएका हुन्। कलाकार सम्मान कार्यक्रममा उनले आफू बल्ल तन्नेरी हुँदै गरेको खुलाए, ‘विवाह गर्न उमेर त पुग्नै प:यो। बल्ल उमेर पुगेको छ।’ विवाहपछि पारिवारिक सहयोगले अझ कला क्षेत्रमा बढी योगदान दिने हमालले बताए।हनिमुन मनाउन कहाँ जानुहुन्छ भन्ने जिज्ञासामा हमालले हाँस्दै भने, ‘विवाहपछि त सधैं हनिमुन भइरहन्छ। जहाँजहाँ गइन्छ त्यहीँत्यहीँ हनिमुन।
1622846_1417437888528847_8816374606545201902_n‘नायक हमालले कला क्षेत्रमै जिउने र चलचित्र निर्देशक बन्ने योजनासमेत सुनाए। ‘एक वर्ष अघिदेखिको मेरो सोच हो चलचित्र निर्देशन गर्ने तर निर्देशन त्यति सजिलो भने छैन।’ नेपाली दर्शकले नेपाली चलचित्रको बदलिँदो परिभाषा चाहेको पनि उनले प्रस्ट पारे। ‘दर्शकको चाहना र बदलिँदो परिवेश सम्बोधन गरिएको चलचित्र निर्देशनका लागि अध्ययन गरिरहेको छु।’राम्रो नेपाली चलचित्र नबनेका हुन्, बजार खस्केको होइन भन्दै हमालले थपे, ‘दर्शको चाहना र बदलिँदो परिवेशलाई सम्बोधन नगर्ने हो भने दर्शकले हेर्नका लागि नेपाली चलचित्र हेर्दैनन्।’दस वर्षयता नेपाली चलचित्र हेर्ने परिवेश बदलिएको पनि हमालले बताए। हमालले भने, ‘बजार घटेको छैन, बदलिँदो परिवेशअनुसार चलचित्र बन्न सकेका छैनन्। राम्रो चलचित्र बनाउन नसक्नु चुनौती हो।’सुनछहरी कलाकेन्द्र र राप्ती सांस्कृतिक समाजले महानायक हमालसहित अन्य कलाकारलाई स्वागत ग:यो। नायक हमाल र हास्यकलाकार कमल गाउँलेसहितको सांस्कृतिक समूहले शुक्रबार र शनिबार दर्शकलाई हँसाए अनि नचाए। पहिलोपटक रोल्पा आएका हमाललाई हेर्न दर्शकहरू ओइरिएका थिए।
साभार :अन्‍नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक

Namaste Filmy

Read Previous

गोविन्द राई निर्देशित चलचित्र"नागबेली" को शीर्ष गीत सार्वजनिक (भिडियो सहित )

Read Next

एउटै सेटमा निर्माणाधिन दुई फिल्ममा ब्यस्त छन नेपाली 'गुल्सन ग्रोवर'।