विपिन कार्की अभिनित ‘सेल्फी किङ’को स्याड भर्सन गीत सार्वजनिक (भिडियो)

विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ’को स्याड भर्सन गीत सार्वजनिक गरिएको छ । ‘जिन्दगीको के छ र भर’ बोलको सार्वजनिक
गीतको चल र अचल दृश्यमा विपिन कार्की फिचर्ड छन् ।गीतमा केतन क्षेत्रीको स्वर ,सुभाष भुसालको संगीत र सुरज गैरे ‘विवस’को शब्द रहेको छ ।

माघ २४ गते बाट प्रदर्शनमा आउन ‘सेल्फी किङ’लाई विशाल सापकोटाले निर्देशन गरेका हुन् ।चलचित्रमा विपिनसगै लक्ष्मी वर्देवा,अभय बराल, लोकमणी सापकोटा, भुवन चन्द, सविन बाँस्तोला, जीवन भट्टराई लगायतका कलाकारको फिल्ममा अभिनय रहेको छ।चलचित्रलाई विशाल सापकोटाले निर्देशन गरेका हुन्।निर्देशक सापकोटाका अनुसार चर्चामा आएको एक टेलिभिजन कमेडियनको तीन दिनको कथा नै फिल्मको मुख्य कथा हो।

निर्देशक सापकोटाकै कथामा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन र निर्मलकुमार थापाको कोरियोग्राफी छ । दिनेश राउत र सुभाष थापा मिलेर ‘सेल्फी किङ’ निर्माण गरेका हुन् ।सुभाष थापा प्रोडक्सन र पिक्चर फ्रेम फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रवल कोइराला र राजेश बिशुराल सह-निर्माताको रुपमा छन् ।

Namaste Filmy

Read Previous

नायिका पुजा शर्माले चितवनमा गरिन केटिएम सिटि शोरुमको उद्घाटन (भिडियो)

Read Next

चलचित्र ‘एन्टी हिरो’मा अनमोल केसीसँग जसिता गुरुङले रोमान्स गर्ने पक्का