चलचित्र ‘एन्टी हिरो’मा अनमोल केसीसँग जसिता गुरुङले रोमान्स गर्ने पक्का

केहि समय अघि नै निर्माण हुने भनिएको अनमोल केसीको चलचित्र ‘एन्टी हिरो’ अब भने बन्ने भएको छ । बुधबार चलचित्रका निर्माता भुवन केसीलेचलचित्र ‘एन्टी हिरो’ को लागि नायिका जसिता गुरुङलाई साइन गराएका छन् ।

सुपर काजल फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्र ‘एन्टी हिरो’मा अभिनेत्री जसिता गुरुङले सुपरस्टार अनमोल केसीसँग रोमान्स गर्ने पक्का भएको हो । फिल्म ‘लिलिबिली’ बाट अभिनय करिअर सुरुवात गरेकी अभिनेत्री जसिताको पछिल्लो रिलिज फिल्म ‘लभ स्टेशन’ हो ।

एक्सन, लभस्टोरी जनरालाई भारतीय निर्देशकले निर्देशन गर्ने भुवन केसी ले बताएका छन् ।चलचित्रको छायांकन बैशाख १ गते देखि सुरु हुनेछ ।चलचित्रमा अनमोलसँगै अभिनेता भुवन केसी भिलेनको भुमिकामा प्रस्तुत हुनेछन् ।अनमोल अहिले झरना थापाले निर्देशन गर्ने चलचित्र ‘ए मेरो हजुर ४’को तयारी गरिरहेका छन् । सुनिलकुमार थापाले निर्माण गर्ने सिनेमामा अनमोल र सुहाना थापाको जोडी दोस्रो पटक बाँधिएको छ । ‘ए मेरो हजुर ४’को छायांकन फागुन १३ देखि सुरु हुँदैछ ।

Namaste Filmy

Read Previous

विपिन कार्की अभिनित ‘सेल्फी किङ’को स्याड भर्सन गीत सार्वजनिक (भिडियो)

Read Next

विनय कार्कीको स्वरमा मार्मिक गीत ‘परदेशमा’को भिडियो सार्वजनिक