एउटै सेटमा निर्माणाधिन दुई फिल्ममा ब्यस्त छन नेपाली 'गुल्सन ग्रोवर'।

राजेन्द्र कार्की ।
[dropcap]सु[/dropcap]दुरपश्चिम नेपालका कलाकार पुष्कर भट्ट यतिबेला झापाको टन्टनाउँदो गर्मीमा एक्सन, कट्, रिटेक र ओकेको गुञ्जनमा ब्यस्त रहेका छन । उनी बेद प्रसाद भुर्तेल निर्देशनमा एटटै सेटमा निर्माण भइरहेको दुइ चलचित्र “कुरवान” र “संयोग”को छायाँकन कार्यमा ब्यस्त रहेका हुन । puskarएक्सन हिरो विराज भट्टका दौतरी समेत रहेका उनी विभिन्न गेट अप र भुमिकामा नेपाली चलचित्रहरुमा प्रस्तुत हुँदै आइरहनु भएको कारणले हिन्दि चलचित्रका चर्चित खलनायक गुलसन ग्रोवरको उपनामले पनि चिनिन्छ ।नायक विराज भट्टकै प्रेरणाले चलचित्र क्षेत्रमा प्रवेश गरेका भट्टले तिन दर्जन जति नेपाली चलचित्रहरुमा खल पात्रको भूमिका निर्वाह गरिसकेका छन । चलचित्रको चरित्र अनुसार आफ्नो गेटको आफै कल्पना गर्दै तयारी गर्ने उहाँले दुइ दर्जन नेपाली चलचित्रमा विविध गेटअपका साथै फरक फरक शैलीमा प्रस्तुत हुनु भएको छ । भोजपुरी चलचित्रहरुमा समेत खलनायकको भूमिकामा लोकप्रिय हुन भइसकेका उनलाई पश्चिम नेपालको प्रतिष्ठाका रुपमा पनि हेरिन्छ । नेपालको सिमान्त क्षेत्रमा जन्मेर नेपाली कलाकारितामार्फत परिचय बनाउन सफल भएकोमा उनलाई पश्चिम नेपालका विभिन्न संघसंस्थाहरुले सम्मान समेत गरेका छन । देशको विभिन्न क्षेत्र तथा समयमा हुनगरेको विभिन्न स्टेज कार्यक्रमहरुमा चलचित्रका नायक नायिका तथा हास्य कलाकारहरुलाई मात्रै आमन्त्रण गरिने परिपाटी रहिरहेकोमा आफुले त्यस्तो परिपाटी समेत तोड्न सकेकोमा खुशी लागेको पनि बताए । उनलाई देश तथा प्रवासी नेपालीहरुद्धारा आयोजित विभिन्न सांगेतीक कार्यक्रमहरुमा आमन्त्रण गरिने र विभिन्न प्रवासी संघसंस्थाहरुले समेत सम्मान प्रदान गरेका छन् । puskar1हाल उनी ब्यस्त रहेका दुइ चलचित्रहरु कुरवानका मुख्य कलाकारहरु क्रमशः सविन श्रेष्ठ, प्रज्वल गिरी, सुषमा कार्की र जेनी कुँवर रहेका छन भने संजोकमा अभय चन्द र सोनिया शर्मा रहेका छन । प्रेमकथा र पारिवारीक विषयवस्तुमा निर्माण भइरहेको दुबै चलचित्रका द्धन्द्ध निर्देशक चन्द्र पन्त हुन भने खल पात्र पुष्कर भट्ट रहेका छन । लगभग साठी लाखको लगानीमा निर्माण भइरहेको चलचित्रको छायाँकन कार्य अझै एक महिना लाग्ने पनि कलाकार पुष्कर भट्टले बताउनु भएको छ । नेपाली चलचित्र क्षेत्रमा खलपात्र भइकन पनि छुट्टै र विशिष्ट पहिचान बनाउन सफल सिमान्त क्षेत्र सुदुरपश्चिमका कलाकार पुष्कर भट्टलाई हाम्रो पनि सम्मान तथा शुभकामना ।

Namaste Filmy

Read Previous

'मेरो विवाहको तयारी पूरा भइसकेको छ:महानायक राजेश हमाल

Read Next

हिरोइनको स्तन देखिएपछि 'द एक्सपोज'माथी सेन्सरको कैची ।