दीपेन्द्र लामाको ‘२ नम्बरी’मा दयाहाङ राई, पल शाह र वर्षा राउत

सोमबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्र ‘२ नम्बरी’ निर्माणको घोषणा गरिएको छ ।चलचित्रलाई यस वर्षको ब्लकबस्टर चलचित्र ‘छ माया छपक्कै’ निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्दैछन् ।चलचित्रमा दयाहाङ राई, पल शाह, वर्षा राउत र बुद्धि तामाङको मुख्य भूमिका रहनेछ। दुई मिल्ने साथीको कथामा बन्ने चलचित्रमा निर्देशक दीपेन्द्रकै कथा रहनेछ।

चलचित्र ‘२ नम्बरी’को बिषयमा निर्देशक लामाले भने–‘एउटा सुन्दर गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा यो चलचित्र बन्नेछ । साथमा, चलचित्रले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ ।’चलचित्रको नाम ‘२ नम्बरी’ भएपनि यसलाई नेगेटीभ रुपमा हेर्न नहुने निर्देशक लामाले बताए ।घोषणा कार्यक्रममा उपस्थित कलाकार दयाहाङ, पल र वर्षाले ‘२ नम्बरी’ फिल्म राम्रो बन्नेमा विश्वस्त देखिए।

माग अन्तिम साताबाट छायांकन शुरु हुने चलचितको अर्को वर्षको जनै पूर्णिमामा प्रदर्शन मिति तोकिएको छ। रेड वर्ड प्रोडक्सन र आरआएर फिल्म प्रोडक्सनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा रहने चलचित्रको प्रस्तुतकर्तामा किरण नेपाली छन्। अमलादेवी राई सह–निर्माता रहको चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन्।

Namaste Filmy

Read Previous

गायिका आस्था राउतले प्रहरीसमक्ष आत्मसमर्पण

Read Next

सुगम पोखरेलको गीत “लाखौमा एक तिमी “को भिडियो सार्वजनिक