‘धुर्मुस’-‘सुन्तली’ अभिनित बहुप्रतिक्षित चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक (भिडियो)

चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनित बहुप्रतिक्षित चलचित्र ‘सेन्टी भाइरस’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । समसामयिक राजनीतिक विषयवस्तुमा निर्माण भएको चलचित्रको ट्रेलर बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।फरक पार्टीमा आबद्ध श्रीमान (सिताराम कट्टेल) र श्रीमती (कुञ्जना घिमिरे) बीचको नोकझोंकलाई ट्रेलरमा विशेष स्थान दिइएको छ ।

कार्यक्रममा चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । कलाकार सितारामले फिल्म हेर्न काटेको टिकटको रकम रंगशाला निर्माणमा सहयोग हुने भएका कारण सम्पूर्ण नेपालीलाई फिल्म हेर्न आग्रह गरे । कुञ्जनाले भने ‘सेन्टी भाइरस’ बाट आफ्नो बाल्यकालदेखिको अभिनेत्री बन्ने सपना पूरा भएकोमा खुसी व्यक्त गरिन् ।

चलचित्रमा धुर्मुस सुन्तलीको अलावा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल ,सदिप क्षेत्री , पवन खतिवडा , अलिश राई, सुनिता घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।

चलचत्रलाई रामबाबु गुरुङको निर्देशन गरेका हुन् ।२ करोडको लागतमा बनेको यस चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेका हुन् । फूर्पा लामा चलचित्रका सह-निर्माता हुन् ।सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको ‘सेन्टी भाइरस’ को कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।

राजनराज सिवाकोटी ,शंकर थापा स्माइल र कालीप्रसाद बाँस्कोटाको संगीत छ तथा शैलेन्द्र डि. कार्कीले छायांकन गरेको चलचित्र ‘सेन्टी भाइरस’ महाशिवरात्री को अवसर यही फागुन ९ गते प्रदर्शनमा आउदै ।

Namaste Filmy

Read Previous

सुगम पोखरेलको गीत “लाखौमा एक तिमी “को भिडियो सार्वजनिक

Read Next

चलचित्र ‘आमा’को मार्मिक गीत सार्वजनिक (भिडियो)