चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को ‘कसम कसम’ गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा समावेश तेश्रो गीत ‘कसम कसम’ सार्वजनिक भएको छ । सुगम पोखरेलको स्वर रहेको यो गीतमा दिनेशराज पुरीको शब्द तथा अर्जुन पोखरेलको संगीत छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक पल शाह, नायिका पूजा शर्मा र मोडल एलिसा शर्माको नृत्य हेर्न सकिन्छ । अघिल्ला २ गीत ‘तिम्रो घरको वरिपरी र दुःखको काँडा’ हिट भैसकेपछि यसको टिमले ‘कसम’ गीत सार्वजनिक गरेको हो ।

चलचित्रमा पल र पूजाका अलावा दिनेश डीसी, हरिहर शर्मा, गणेश गिरि ,राजाराजेन्द्र पोखरेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ। लभस्टोरी चलचित्र बनाउन माहिर निर्देशक सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई सुदर्शन र पूजा शर्माले निर्माण गरेका हुन्।चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन्।

चलचित्रमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सुदर्शन थापाको कथा, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ ।सांगीतिक प्रेम कथामा बनेको चलचित्र फागुनको २३ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ।

Namaste Filmy

Read Previous

चलचित्र ‘आमा’को मार्मिक गीत सार्वजनिक (भिडियो)

Read Next

अजय देवगन अभिनित चलचित्र ‘मैदान’को फर्स्टलुक रिलिज