अजय देवगन अभिनित चलचित्र ‘मैदान’को फर्स्टलुक रिलिज

अजय देवगन अभिनित चलचित्र ‘तानाजी’ ले यति बेला भारतीय बजारमा सानदार कमै गरि रहेको छ ।चलचित्रले भारतमा मात्रै २३२ करोड बढी आम्दानी गरेको छ ।अजय देवगनको अभिनय रहेको चलचित्र मैदानको फर्स्टलुक रिलिज भएको छ ।

फष्टलुक रिलिजमै फिल्मको बिषयमा चर्चा परिचर्चा समेत सुरु भएको छ । ‘मैदान’ को फष्टलुकलाई उनका फ्यानले मन पराएका छन् । यो फिल्ममा पहिले अजयको अपोजिट भूमिकामा साउथ अभिनेत्री कीर्ति सुरेश फाइनल भएकी थिइन् । तर उनको डेट नमिलेको कारण नेशनल अवार्ड विजेता अभिनेत्री प्रियमणीले अभिनय अवसर प्राप्त गरिन् ।

फिल्म ‘मैदान’ भारतीय फुटबल टिमका कोच सईद अब्दुल रहीमको जीवनमा आधारित रहेको छ । अमित शर्माको निर्देशन रहेको ‘मैदान’मा अजय सईद अब्दुल रहीमको भूमिकामा छन् । फिल्मको फष्टलुक शेयर गर्दै अजयले रिलिज मिति पनि २२ नोभेम्बर २०२० घोषणा गरेका छन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को ‘कसम कसम’ गीत सार्वजनिक (भिडियो)

Read Next

पुजा शर्मा र आकाश श्रेष्ठको नया चलचित्र ’मन परेसी’ को शुभ मुहुर्त