हिरोइनको स्तन देखिएपछि 'द एक्सपोज'माथी सेन्सरको कैची ।

[dropcap][/dropcap]गामी शुक्रबार रिलिजको तयारीमा रहेको हिन्दी फिल्म द एक्सपोजको एक दृश्यप्रति भारतीय सेन्सरबोर्डले कडा आपत्ति जनाएका छन । बोर्डले उक्त दुश्य हटाउन आदेश दिएका छन । दृश्यमा नायिका सोनाली राउतको संवेदनशील अंग स्तन स्पष्ट देखिएको बताइन्छ ।the xposeभगवान शिवको पुजा गर्ने क्रममा सोनालीको साडी बाटै अत्यन्त उत्तेजक उक्त दृश्य देखिएकाले त्यसलाई काटन सेन्सरले आदेश दिएको हो । फिल्मका एक निर्माता का अनुसार आफुलाई सेन्सरले फिल्मको दृश्यप्रति आपत्ति जनाउदै पुन ७० को दशकको गल्ती सेन्सर बोर्डले नदोहोर्याउने अभिब्यक्ति दिएको बताए । यसअघि ७० को दशकमा रिलिज भएको राज कपुर निर्देशित फिल्म सत्यम शिवम सुन्दरम मा पनि नायिका जिनत अमानको हुबहु यस्तै दृश्य राखिएको थियो र त्यसलाई सेन्सरले कैची नचलाएपछि चौतर्फी आलोचना भएको थियो । द एक्सपोज मा पनि त्यस्तै दृश्य राखिएपछि हटाउन सेन्सर सचेत भएको हो ।

यसअघि पनि द एक्सपोजको अर्कि नायिका जोया अफरोजको विकनी सीनमा पनि सेन्सरको आपत्ति थियो । चर्चित गायक हिमेश रेशामियाको मुख्य भुमिका रहेको यस फिल्म ६० को दशकको कहानी भएको बताइन्छ । केही दिनअघि फिल्मको प्रोमोशनको क्रममा कमेडी नाइटस वीथ करण टि भी शोमा पुगेका दुई नायिका जोया र सोनालीको लुछाचुडिले पनि फिल्म अहिले चर्चामा छ ।

Namaste Filmy

Read Previous

एउटै सेटमा निर्माणाधिन दुई फिल्ममा ब्यस्त छन नेपाली 'गुल्सन ग्रोवर'।

Read Next

नयां लुक्समा 'टाइगर द रियल हिरो' ।