सौगात मल्ल अभिनित चलचित्र ‘मन्त्र’को फर्स्टलुक सार्वजनिक

सौगात मल्ल अभिनित चलचित्र ‘मन्त्र’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘मन्त्र’लभ स्टोरी जनराको चलचित्र हो । सार्बजनिक फर्स्टलुक पोस्टरमा कुनै पनि कलाकारलाइ स्थान दिइएको छैन ।चलचित्रले हिमाली भेगको प्रेम कथा बोल्छ । चलचित्रमा सौगात मल्ल,बुद्दि तामांङ,दिया पुन,नमिता घिसिङ्ग,बिर बहादुर लामाको मुख्य भूमिका रहेको छ।

चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत रहेको छ । संजय लामाले छायांकन गरेको चलचित्रलाइ मित्र डि.गुरुङले सम्पादन गरेका छन्। मुभी र्याकको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता मनोज राजभण्डारी हुन् । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की बिर बहादुर लामा र सुभ श्रेष्ठ सह निर्मातामा रहेका छन् । चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन ।

Namaste Filmy

Read Previous

नायिका स्वेता खड्काले गरिन मायाज ब्युटी पार्लरको उद्घाटन

Read Next

१ करोड १५ लाखमा बिक्यो रंगशाला निर्माणार्थ बनेको ‘सेन्टी भाइरस’ को इन्टरनेशनल राइट्स