


चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोगार्थ निर्माण गरिएको चलचित्र ‘सेन्टी भाइरस’ को इन्टरनेशनल राइट्स महँगो मुल्यमा बिक्री भएको छ ।

फाल्गुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र अमेरिकाको एक कम्पनीले एक करोड १५ लाख रुपैयाँमा खरिद गरेको हो । चलचित्रलाई अमेरिकाको नेप्सिने कम्पनीले खरिद गरेको हो ।
रंगशाला स्थलमा आज (सोमबार) सुबिहानी फिल्मस्को तर्फबाट कलाकार सिताराम कट्टेल ( धुर्मुस ) र नेप्सिने कम्पनी नेपालका प्रमुख विधान कार्कीबीच चलचित्रको राइट्स खरिदबारे सम्झौता भएको हो ।
हाँस्यकलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनित बहुप्रतिक्षित चलचित्रको आम्दानीको ५० प्रतिशत रंगशाला निर्माणमा खर्च गरिने बताइएको छ ।
चलचित्रमा धुर्मुस सुन्तलीको अलावा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल ,सदिप क्षेत्री , पवन खतिवडा , अलिश राई, सुनिता घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।
चलचत्रलाई रामबाबु गुरुङको निर्देशन गरेका हुन् ।२ करोडको लागतमा बनेको यस चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेका हुन् । फूर्पा लामा चलचित्रका सह-निर्माता हुन् ।सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको ‘सेन्टी भाइरस’ को कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । राजनराज सिवाकोटी ,शंकर थापा स्माइल र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको चलचित्रलाई शैलेन्द्र डि. कार्कीले छायांकन गरेका हुन् ।
