‘नीरफूल’को पोस्टर सार्वजनिक,फागुन ३०मा रिलिज हुने

फिल्म ‘नीरफूल’को फस्टलुक पोस्टर सार्वजनिक गरेको छ। आउँदो फागुन ३० गते फिल्म मुलुकभर रिलिज हुने फिल्मको आइतबार चारवटा पोस्टर रिलिज गरिएको हो।भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म संचारकर्मी फूलमान वलले निर्देशन गरेका हुन्। गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज लगायतले अभिनय गरेका छन्।

पोस्टरमा रुबी भ्याली र काठमाडौंको लोकेसन स्थापित गरिएको छ। रुवी भ्याली समेटिएको पोस्टरमा परिवार र प्रेम देखाइएको छ भने भुकम्पपछिको काठमाडौं समेटिएको पोस्टरमा चरित्रहरुको संघर्ष र विछोड देखाइएको छ। फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा रहेको बताइएपनि पोस्टरमा भने उनी समेटिएकी छैनन्।

निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए। अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति पनि फिल्ममा समेटिएको उनको दावी छ।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन्। फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए ।फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन्।

Namaste Filmy

Read Previous

१ करोड १५ लाखमा बिक्यो रंगशाला निर्माणार्थ बनेको ‘सेन्टी भाइरस’ को इन्टरनेशनल राइट्स

Read Next

प्रमोद खरेलले रंगशालालाई एक बर्षसम्म हरेक कार्यक्रमबाट पाँच हजार १ सय ११ रुपैंया सहयोग