

गायक प्रमोद खरेलले चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग घोषणा गरेका छन् ।खरेलले हरेक सांगितिक कार्यक्रमबाट लिने पारिश्रमिकबाट पाँच हजार १ सय ११ रुपैंया रंगशाला निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका छन् ।

फेसबुक स्टाटस राख्दै उनले २०७६ माघ १७ देखि २०७७ माघ १७ सम्मको अवधिमा आफ्नो हरेक सांगितिक कार्यक्रमबाट पाँच हजार १ सय ११ रुपैंया सहयोग गर्ने घोषणा गरेका हुन् ।
गायक खरेल क्रिकेटसँगै नेपाली खेलकुदलाई नजिकबाट नियाल्ने गर्दछन् । उनले नेपाली क्रिकेट टिमको लागि ‘मेरो देश प्यारो नेपाल’ बोलको गीत पनि गाएका छन् ।
