चलचित्र ‘के घर के डेरा’मा दयाहाङ राई र विपिन कार्की,चलचित्रको घोषणा

सोमबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘के घर के डेरा’ को घोषणा गरिएको छ । चलचित्रमा दयाहाङ राई र विपिन कार्कीको मुख्य भूमिका रहने छ । आफुले पाएको भूमिकालाई जिवन्त बनाउने दया र विपिनसंगै चलचित्रमा वर्षा राउत , आर्शिना भट्टराई , रविन्द्र झा , लुनिभा तुलाधर लगायतको अभिनय रहनेछ ।

चलचित्र ‘के घर के डेरा’ लाई सुव्रतराज आचार्यले निर्देशन गर्दैछन् ।सिङ्गे लामाको निर्माण रहने चलचित्रमा सफल केसी र प्रतिक गुरुङ लेखन रहेको छ । चलचित्रमा राजीव श्रेष्ठ र किरण महर्जनको लगानी रहने छ भने यमप्रसाद ओली सिनेमाका सह-निर्माता हुन् ।

कार्यक्रममा बोल्दै कथाले आफुला आशावादी बनाएको दयाले बताए । ‘हामीले कथामै केहि बसाइ बसिसकेका छौ र फिल्म राम्रो टिमले बन्ने हो त्यसैले हाम्रो प्रयास रहने छ , दर्शकलाई निराश नबनाउने’ दयाले भने । उनले सुव्रतसंग ‘अधकट्टी’ मा काम गरेको प्रसंग समेत सम्झीए । यसैगरी निर्देशक सुव्रतले पनि अघिल्लो कमिकमजोरीलाई आफुले सुधार्ने बताए ।अभिनेता विपिनले भने नामले नै फिल्म अनुमान गर्न सकिने बताए । ‘हाम्रो टिमअप राम्रो भएको छ र फिल्मलाई राम्रो बनाउने हाम्रो हर प्रयास रहनेछ’ विपिनले भने । वर्षाले राम्रो टिमअपलाई झनै च्यालेन्ज रहेको बताइन ।

शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने सिनेमालाई दिर्घ वीर गुरुङले खिच्नेछन् । सिनेमामा शंकर थापा (स्माइल)को संगीत, मित्र डी गुरुङको सम्पादन र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ ।फिल्म आउँदो वर्षको तीजमा रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

‘सेल्फी किङ्ग’ मा हाँस्यकलाकार कथा

Read Next

चलचित्र ‘चपली हाइट ३’को ‘चार आनाको मसला’गीत सार्वजनिक (भिडियो)