चलचित्र ‘चपली हाइट ३’को ‘चार आनाको मसला’गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘चपली हाइट ३’को पहिलो गीत सार्वजनिक गरिएको छ ।सुभाष भुषालको संगीतमा तयार गीतमा राज खम्बु र अश्मिता अधिकारीले आवाज दिएका छन् । डिपी खनालको शब्द शृजनामा प्रदीप लामा र द नेक्स्ट टिमले स्टेप्स सिकाएका छन् ।‘चार आनाको मसला’ बोलको सार्वजनिक गीतमा कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र कोरियोग्राफर प्रदीप लामा फिचर्ड छन् ।

चलचित्रमा ‘चपली हाइट ३’ स्वस्तिमा, सुपुष्पा, आमिर, महेशसँगै अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखकलगायातका कलाकारको अभिनय छ ।

सस्पेन्स थ्रिलर जनरामा निर्माण गरिएको ‘चपली हाइट ३’ लाई अर्जुन कुमारको निर्माण गरेका हुन् । निकेश खड्काको निर्देशन रहेको चलचित्र ‘चपली हाइट–३’चैत २८ गते बाट प्रदर्शनमा आउदैछ ।

चलचित्रमा आकाश बरालको लेखन र संवाद रहेको छ भने सुभाष भुषाल/अर्जुन कुमारको संगीत, अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन र दिर्घ खड्काको सम्पादन छ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘के घर के डेरा’मा दयाहाङ राई र विपिन कार्की,चलचित्रको घोषणा

Read Next

प्रदीप खड्का अभिनित बहुप्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’ को पहिलो गीत सार्वजनिक (भिडियो)