प्रदीप खड्का अभिनित बहुप्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’ को पहिलो गीत सार्वजनिक (भिडियो)

बहुप्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’ को पहिलो गीत सार्वजनिक भएको छ । सागर आले र गायिका मेलिना राईको स्वर रहेको ‘हात्ती ढुंगामा’ बोलको गीत सार्वजनिक गरेको हो । चलन चल्तीका गीतभन्दा पृथक शैलीमा तयार पारिएको गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द रहेको छ ।

सार्वजनिक गीतमा चलचित्रको मुख्य कलाकार प्रदीप खड्का र नव-अभिनेत्री क्रिस्टिना गुरुङ फिचर्ड छन् । मनाङमा खिचिएको गीतमा सयभन्दा बढी कोरस राखेर निर्माण गरिएको छ ।भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा प्रदीप र क्रिष्टिनाको अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, लगायतको अभिनय रहनेछ ।

‘प्रेमगीत ३’ मा छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन रहेको छ ।चल्चित्रालई सन्तोष सेनले निर्माण गरेका हुन्। कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माता रहेको छ । चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेको छन् ।

चलचित्रमा राजेश श्रेष्ठको छायांकन ,छेतेन गुरुङ र मन्दिप गौतमको कथा ,बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन , हिमाल केसीको एक्सन रहेको छ ।डेढ सय वर्ष अगाडिको प्रेमकथामा धरित चलचित्रको लगानी तिन करोड रहेको छ। चलचित्र चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘चपली हाइट ३’को ‘चार आनाको मसला’गीत सार्वजनिक (भिडियो)

Read Next

दीवस पोखरेलले जिते सेल्फी खिचेर अभिनय सिक्ने अवसर