नयां लुक्समा 'टाइगर द रियल हिरो' ।

[dropcap][/dropcap]गामी साउनमा प्रदर्शन गरिने फिल्म ‘टाइगर द रियल हिरो’को नयां पोस्टर सार्वजनिक गरिएको छ । हाल विभिन्न प्राविधिक काम भइरहेको फिल्मको नयां पोस्टरमा फिल्मका मुख्य पात्रहरु देखिएका छन । tiger the real heroफिल्मलाई पछिल्लो समयका निकै ब्यस्त निर्देशक राजु गिरीले निर्देशन गरेका हुन । निर्देशक गिरीकै प्रस्तुतिमा शंकर गिरी र काजोल गिरीको निर्माण रहेको फिल्म ‘टाइगर द रियल हिरो’ शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा बनेको हो । फिल्ममा शुभेच्छा थापा, अशोक फुयाल, समिक्षा अर्याल, सुरज रानाभाट, प्रकाश बिसी, दिपक कडेल लगायतको सशक्त अभिनय रहेको छ । ब्यस्त संगीतकार अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द, मुकेश हुमागाईको छयांकन, रामजी लामिछानेको नृत्य तथा अर्जुन जीसीको सम्पादन रहेको छ । फिल्मका यसअघि सार्वजनिक दुई गीतहरुलाई स्रोताहरुले निकै रुचाइसकेका छन । त्यस्तै केहि दिनअघि सार्वजनिक फिल्मको फस्ट प्रोमोले पनि दर्शकबाट वाहवाही पाइरहेका छन । रिलिज मिति औपचारिक घोषणा नगरिए तापनि फिल्म आगामी साउन २३ मा रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

हिरोइनको स्तन देखिएपछि 'द एक्सपोज'माथी सेन्सरको कैची ।

Read Next

चलचित्र ‘कुर्वान’ को झापाको सुटिंग सोमबार सकिदै, आजै युनिट काठमाण्डौ फर्कदै