फ्राइडे रिलिज :‘सेल्फी किङ’ र ‘साङ्लो’ प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘सेल्फी किङ’ र ‘साङ्लो’ भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘सेल्फी किङ’ र ‘साङ्लो’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘सेल्फी किङ’
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘सेल्फी किङ’ प्रदर्शनमा आएको छ।चलचित्र ‘सेल्फी किङ’ लाई विशाल सापकोटाले निर्देशन गरेका हुन् ।

चलचित्रमा विपिन कार्की, लक्ष्मी वर्देवा,अभय बराल, लोकमणी सापकोटा, भुवन चन्द, सविन बाँस्तोला, जीवन भट्टराई लगायतका कलाकारको फिल्ममा अभिनय रहेको छ।फिल्ममा अभिनेत्री केकी अधिकारीले बिशेष भुमिका निर्वाह गरेकी छिन्।

गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रुपमा ‘सेल्फी किङ’ निर्माण गरेका हुन्।

फिल्ममा निर्देशक विशालकै लेखन, सुशन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी छ।

‘साङ्लो’

यस्तै फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘साङ्लो’पनि प्रदर्शनमा आएको छ। ‘साङ्लो’लाईविराज भट्टले चलचित्रको निर्देशन गरेका छन् ।विराज भट्टले चलचित्र ‘साङ्लो’मार्फत चलचित्र निर्देशनमा पनि डेब्यु गरेका छन् ।

चलचित्रमा विराज भट्ट , निकिता चाण्डक, जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

चलचित्रमा शिवम अधिकारीको लेखन, सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

Namaste Filmy

Read Previous

टाइगर श्रोफ अभिनित ‘बाघी ३’को ट्रेलर रिलिज (भिडियो )

Read Next

रंगशालामा धनधान्याचल : कलाकारहरुले गरे सहयोग