रवीन कन्दङ्वाको स्वरमा मार्मिक गीत ‘मेरो सपनाको भारी’ सार्वजनिक (भिडियो)

रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी…’ सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत/एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीन लाई फिचरिङ गरिएको छ । चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत स्रोता/दर्शकमाझ पस्किएका छौ, यसले स्रोता/दर्शकको मन जित्ने छ भन्नेमा आशावादी छौं’, सङ्गीतकार हरि लम्सालले भने ।

Namaste Filmy

Read Previous

रंगशालामा धनधान्याचल : कलाकारहरुले गरे सहयोग

Read Next

सौगात मल्ल र दिया पुन अभिनित ‘मन्त्र’को टिजर सार्वजनिक (भिडियो)